काठमाडौँ – हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ्ग पोर्टलले भ्यालेन्टाइन्स्को अवसरमा ‘डोको भरी माया’ नामक अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने व्यवस्थासहित उक्त अफर ल्याएको हो ।


ADVERTISEMENT


अफरको अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकमध्ये १० जना भाग्यशाली जोडीहरुलाई रोमान्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको व्यवस्था उपलब्ध गराइने जनाइएको छ ।


ADVERTISEMENT

# # #


जसमध्ये भाग्यशाली एउटा जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर प्रदान गरिनेछ । यस्तै भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर तथा भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज प्राप्त हुनेछ ।

यस्तै भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर तथा भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पाको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १ हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ ।

यो सुविधा १४ फेब्रुअरी सम्मलाईमात्र लागू रहने कम्पनीले जानकारी गराएको छ ।