काठमाडौँ – नेपाल क्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु संघीयता र संविधानलाई जोगाउन प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा रहेको बतार्एका छन् ।


ADVERTISEMENT


सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक शासनलाई चुनौति दिएका ओलीविरुद्ध आफूहरुले जित्न नसके देश र सम्पूर्ण नेपाली जनताले हार्ने दाबी गरे ।


ADVERTISEMENT

# # #


केपी ओलीको प्रतिगामी कदमविरुद्ध संघर्षमा रहेको बताउँदै उनले भने, ‘आजसम्म प्राप्त उपलब्धि जोगाउन हामी जुधिरहेका छौं । यो लडाइँ केवल केपी ओली र हामीबीचको निजी लडाइँ होइन । संघीयता, लोकतन्त्रलाई कमजोर बनाउने र बलियो बनाउन चाहनेबीचको लडाइँ हो । यो संघर्षमा जित्न सकेनौं भने नेपाली जनता हार्नेछन् । नेपाल राष्ट्र हार्नेछ ।’

ओली र नेपाल कम्युनिस्ट पार्टीबीच अब कुनै सम्बन्ध नभएको बताउँदै उनले चोइटिएर गएका उनीसँग साइबर सेना मात्रै रहेको नेता नेपालले दाबी गरे ।

नेता नेपालले विगतमा भएका कमी कमजोरी सच्चाउने प्रतिबद्धतासहित नेकपाले स्वेत पत्र जारी गर्ने बताएका छन् । ओलीले चुनाव पनि नगराउने र देशलाई द्वन्द्वमा धकेल्न खोजेको नेपालको आरोप लगाए । उनले निर्वाचन आयोगले आफ्नो पार्टीलाई आधिकारिकतादिने र सूर्यचिन्ह पनि आफूहरुकै उनले उनको दाबी छ ।