नवलपरासी– नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएकी छिन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नपा ३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकी हुन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङले अनुसार, आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते जानकारी दिएका छन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको उनले बताए।


ADVERTISEMENT

# # #


घाइते वृद्वालाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डाको प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

स्थानीयवासी हुमनाथ पोखरेलले ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको बताए । उनका अनुसार, घाइते सो वृद्वा यसअघि करीब १० वर्ष पहिले पनि गैँडा आक्रमणमा परी घाइते भएकी थिइन् । रासस