पर्सा– जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । भारत ले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको स्थानियको भनाई छ ।


ADVERTISEMENT


दैनिक एक हजारभन्दा बढी भारतीय अबैध ट्र्याक्टररुपमा खोलामा पसेर जथाभावी बालुवा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीले बताएका हुन् । खोला नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट र प्रहरी चौकीसमेत रहेको छ ।


ADVERTISEMENT

# # #


विगत २० वर्षदेखि सो खोलाको स्वामित्वका बारेमा दुई देशबीच विवाद रहेको र भारतीयले खोलाबाट बालुवा निकाल्नेक्रम नरोकिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले बताए ।

उनका अनुसार, विगत तीन वर्षदेखि भारतीयलाई खोलाबाट बालुवा निकाल्न रोक लगाएको भए पनि केही दिनयता भारतीयले सो खोलाबाट पुनः अवैध रुपमा बालुवा निकाल्न थालेको छ । स्थानियको खबरसंगै यता, सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले भने केही दिनअघि दुई ट्र्याक्टर कब्जामा लिएको जानकारी दिएका छन् ।

वारी पर्साको पिपडाडी गाउँ रहेको छ, भने बारी भारतको भङ्गहा गाउँ रहेको छ र बीचबाट ओरिया खोला बगेको भए पनि भारतले आफ्नो क्षेत्रमा खोला रहेको भनी दाबी गर्दै ठेक्कासमेत लगाउने गरेको छ ।

यस्तै, प्रमुख जिल्ला अधिकारी आसमान तामाङले समस्याका बारेमा आफूलाई जानकारी भएको र चाँडै नै अनुगमन गरी दोषी माथि कारवाही गरिने बताएका छन् । रासस