काठमाडौं । साहित्यकार पुष्पा धमलाको ‘पुष्पहार’ गजल संग्रह विमोचन कार्यक्रम सम्पन्न भएको छ । राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रमको अवसरमा सो पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


हातेमालो साहित्य संगलद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन भएको हो । कार्यक्रममा उप्रेतीसहित अन्य विभिन्न साहित्यकारहरुको समेत उपस्थित रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रमको सो अवसरमा बोल्दै धमलाले आफ्नो पुस्तकमा समावेश भएका गजलहरु सबैले मन पराइदिने आशा व्यक्त गरिन् ।

ओखलढुंगा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी धमलाले यसअघि पनि विभिन्न माध्यमबाट साहित्यिक कृतिहरु बजारमा ल्याउने गरेकी थिइन् ।