ललितपुर– राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका तथा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका उक्त खेल प्रतियोगिता हुन लागेको हो ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भनिएको सो खेलको पहिलो चरणमा विराटनगर र चन्द्रपुर भिड्दैँछन् । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रतियोगितामा दोस्रो जितका लागि प्रयास गर्नेछ, भने लिगको छैटौँ स्थानमा रहेको चन्द्रपुरको छ खेलबाट तीन अङ्क छ ।


ADVERTISEMENT

# # #


सो खेल मध्याह्न १२ बजे हुनेछ ।

यसैगरी, दोस्रोमा भने चौथो स्थानमा रहेको पुलिस क्लब जित निकाल्दै तेस्रो स्थानमा उक्लिने प्रयास गर्नेछ । वालिङ पनि खेल जितेर आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा रहने छ । पुलिस आठ अङ्क जोडेर लिगको चौथो स्थानमा छ भने वालिङ आठ अङ्कका साथ लिगको पाँचौं स्थानमा छ । सो खेल दिउँसो तीन बजे शुरु हुनेछ ।

प्रतियोगितामा मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, स्याङजाको वालिङ नगरपालिका, उदयपुरको चौदण्डगढी नगरपालिका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहभागी रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । रासस