विराटनगर– अन्धविश्वासमा पर्दा २४ वर्षीय छोरी गजेश्वरी माझी बेपत्ता भएकी छिन् । धामीझाँक्रीको विश्वास गर्दा एक परिवारले परिणाम स्वरुप छोरी सहित रु. ५० हजार गुमाएका हुन् ।


ADVERTISEMENT


गत माघ १० गते विराटनगर महानगरपालिका १९ का दिनेश मण्डलले ‘तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै’ आमासँग रु ५० हजारसहित उनकी गजेश्वरीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले पत्रकार सम्मेलन गरेर आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्नेमा उनले जोड दिएका छन् । आफू घरमा नभएको बेलामा आमालाई ललाइफकाई गरेको र यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए ।

आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उनले बताए । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ ।

धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ, भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ । रासस