काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबारका लागि देशव्यापी आमहड्ताल घोषणा गरेकोप्रति प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने नियतले प्रचण्ड–नेपाल समूहले आमहड्ताल घोषणा गरेकाले त्यस्ता गतिविधि स्वीकार्य नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘नेपाल बन्द रे ! जनताले के बिगारे र नेपाल बन्द ? जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर ?’ उनले प्रश्न गरे, ‘पार्टी छोडेर पाटीमा आफू लाग्छन्, अनि बन्द गरेर जनतालाई दुःख दिन्छन् । केका लागि गर्नु पर्‍यो बन्द ?’ देश अब निर्वाचनतर्फ लागेको भन्दै उनले जनताले बन्द नचाहेको बताए ।

प्रधानमन्त्री ओलीले माघ १८ गते कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा गएर माधव नेपालले अब २ वर्ष प्रधानमन्त्री तपाईं खानुस् भनेर रामका अघि हनुमानले घुँडा टेकेर प्रणाम गरेजस्तै प्रणाम गरेको व्यंग्य कसे । बाहिर क्रान्तिका गफ गर्ने तर भित्रभित्रै अन्त गएर प्रणाम गरेर कम्युनिस्ट पार्टीको बद्नाम गरेको आरोप उनले लगाए ।

उनले प्रचण्ड–नेपालको मुकुण्डो खुईलिएको बताए ।