काठमाडौँ – नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५ सय थान फ्लोरोसेन्ट ज्याकेट सहयोग उपलब्ध गराएको छ । बुधवार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीसंग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे विस्तृत छलफल गरेको थियो ।


ADVERTISEMENT


उक्त भेटघाटमा महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताए ।


ADVERTISEMENT

# # #


यसैगरी नााडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

उक्त छलफल पछि नाडाका अध्यक्ष दुलालले महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक अधिकारीलाई ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको नाडाका महासचिव सुनिल रिजालले जानकारी गराए ।