लुम्बिनी– विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामकरण गरिएको छ । विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाका अनुसार, अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको हो ।


ADVERTISEMENT


पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको जानकारी दिए । उनका अनुसार, ती तलाउको नाम क्रमशः प्रकृतिविद् स्व. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबल्ड र डा. घन गुरुङ सिमसार भनेर घोषणा गरिएको छ ।


ADVERTISEMENT

# # #


डा. घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालका निर्देशक हुन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डले १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर आफ्ना ज्यान गुमाएका थिए ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताएकी छिन् । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए।

यसैगरि, लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले भने बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

यस्तै, विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा. घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए। रासस