काठमाडौँ– नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई काठमाडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतबार निधन भएको हो ।


ADVERTISEMENT


कोरोना सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतबार निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए । यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा. मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा थिए । रासस