बहराइन– नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि आवश्यक स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्न अनुरोध गरेको छ । बहराइनका नेपाली दूतावासले माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नजस्ता स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको हो ।


ADVERTISEMENT


राजदूतावासले आइतबार विज्ञप्ति जारी गर्दै बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत नेपालीलगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवाद समेत व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


‘बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावास यहाँ रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसकेको र उनमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएको समेत दूतावासले जनाएको छ । रासस