हुम्ला– माइनस डिग्रीमा पनि नियमित पढाई! सुन्दा पनि अप्रत्याशित लाग्ने । तर, यो सत्य हो ।


ADVERTISEMENT


नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा पनि नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको यहाँका लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ रोकिएको छैन ।


ADVERTISEMENT

# # #


उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा समेत विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् । विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्था समेत गरिएको छ ।

लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताए। यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ ।

यहाँको शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् । रासस