डा. सुरेन्द्र कुमार झा – रा.ज.पा का सहमहामन्त्री


ADVERTISEMENT


बाम एकताले नेपालमा अस्थिर बनाउने संविधान संसोधन गर्न पूर्णविराम लगाउने र पूर्वराजा ज्ञानेन्द्र शाह आडमा एक भएका छन् । कम्यूनिष्ट पार्टीहरुको स्थानीय निकायको निर्वाचनमा दुइ नम्वर प्रदेशमा कमजोर सावित भएकोले आगामी प्रदेश र संघको निर्वाचन सार्ने षडयन्त्र कठित हो। सोह्रबुदे सम्झौतालाई टेकेर संविधान त्यसैको निरन्तरता हो । यो क्षणिक मात्र हो। यसले नेपाललाई दुरगामी असर पार्दैन । किनकि नेपालका बामपन्थीहरु सिद्वान्तविहीन सत्ता र अवसरको उपभोग गर्ने गरी गरीब र निमुखा जनताको नाममा राजा बन्न खोज्ने व्यतिहरुको द्वण्द्व हो । विगतका इतिहासलाई आधार मान्ने हो भने यिनिहरु मिलेर बस्न सक्दैनन् । व्यतिगत स्वार्थ र पदको लोभमा आधारित एकता अन्तत अंशभित्र हुँदा कठित बन्डाबन्डा हुने निश्चित छ ।


ADVERTISEMENT

# # #


अब तपाईहरुको राजनीतिक दिशा कतातिर जान्छ?

मधेश र मधेशी जतनाको विरुद्वमा भएको एकता हो कम्यूनिष्ट अतिबादले देश र लोकतन्त्रलाई खतरा हुने देखिन्छ।तसर्थ मधेश केन्द्रित राजनितिक शतिहरु खासगरेर राष्ट्रिय जनता पार्टी नेपाल संघिय समाजवादी फोरम विना स्वार्थ एकता गर्छौ र मुलुकभित्रका लोकतान्त्रिक शतिहरु हामी लगायत नेपाली कांग्रेस राप्रपा लोकतान्त्रिक को मोर्चा निर्माण गर्नेतिर लाग्छौँ।आगामी निर्वाचनमा एउटै चुनाव चिन्हबाट उठ्छौँ।

अब सरकार ढल्ने भयो त?

मुलुकलाई अस्थिरतामा जान दिनु हुंदैन् । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले संसद भंगगरी संकटकाल लगाएर भएपनि यही सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्दछ ।

हृदेश त्रिपाठी लगायतका नेताहरु भटाभट एमाले प्रवेश गर्नुलाई के भन्नुहुन्छ?
यी नेताहरु मेधशी जनताको नाममा राजनिति गरेजस्तो गरेपनि आफ्नो व्यतिगत स्वार्थ र पदमा लिप्त भएका व्यतिहरु हुन्। मधेशी जनतालाई अधिकार दिलाउने नाममा नितान्त भ्रमको राजनिति गरेको हुँदा यी उपियाहरु आफ्नो स्वार्थपूर्ति नहुने भएको देखेर सत्ता स्वार्थमा र चाइनीज यूवानको प्रभावमा परी पार्टी परित्याग गरेका हुन्। अचम्म त के लाग्छ भने जसलाई यिनले गाली गर्थे उनैको पाउ परेका छन् । मधेश राजनितिक वृतमा यस्ता स्वार्थ व्यति अब कुनै भुमिका रहने छैन्।यस्ता नेतालाई अब आउने निर्वाचनमा पाठ सिकाउने छन् ।