काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ ।


ADVERTISEMENT


बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘गरिमा इजी एसएमई लोन’, र ‘गरिमा इजी होम लोन’ सार्वजानिक गरेको हो । कोरोनाले निम्त्याएको प्रभावकाबीच उद्यमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सिर्जना तथा उघमशीलताको विकाससँगै रोजगार सिर्जनामा सहयोग पुर्याउने उदेश्यका साथ उक्त योजना ल्याइएको बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।


ADVERTISEMENT

# # #


दुबै कर्जा सुविधाहरु ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत ‘गरिमा इजी एसएमई लोन’ मा लगानी गर्न सकिने छ । यस्तै कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म ‘गरिमा इजी होम लोन’मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुविधा पाउन सकिने छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टी.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।