चितवन – प्रधाानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ युग शुरु भएको बताएका छन् । नेकपा ओली समूहले शनिवार चितवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनेक क्षेत्रमा नयाँ युगमा प्रवेश गरी नेपाल विकास निर्माणको महान् अभियानमा अघि बढेको बताए ।


ADVERTISEMENT


‘एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ,’ उनले भने ।


ADVERTISEMENT

# # #


माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उनले भने, ‘रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।’ अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उनले बताए । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।’

नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उनले जानकारी दिए । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उनको भनाइ छ । उनले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताए।

नेकपा नफुटेको भन्दै उनले केही मान्छे बाहिरिएको बताए । उनले भने, ‘पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।’ देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उनले भने, ‘देशको विकास तीव्रगतिले अघि बढेको छ ।’

देश, राष्ट्रियता र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले मात्रै गर्ने भन्दै उनले भने, ‘निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।’