चितवन – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रा अघि बढाएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित जनसभामा उनले सरकारले विकास निर्माणका काम मात्रै गरेको, लुटतन्त्र र भ्रष्टाचार नगरेको बताए । ‘यो सरकारले विकास मात्रै गर्यो, लुटतन्त्र र भ्रष्टाचार गरेन,’ उनले भने, ‘हामी कहिल्यै चुकेनौँ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘समृद्ध नेपाल, सुखी नेपालीको’ महत्वकांक्षी योजना पूरा गर्न लागि परेको बताउँदै उनले सरकारले इतिहासमै उपलब्धिमूलक काम गरेको बताए ।