मकवानपुर– पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै बस दुर्घटना हुदा २२ जना घाइते भएका छन् । आज बिहान धरान चतरा सडकखण्डको छतिवन सडकमा राखिएको जालीमा बस ठोक्किदा ना ३ ख ३३४४ नम्बरको यात्रुबाहक बसमा सवार २२ यात्रु घाइते भएका हुन् ।


ADVERTISEMENT


यात्रुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते यात्रुहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले बताए।


ADVERTISEMENT

# # #


बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको अधिकारीले जनाएका छन् । रासस