ईलाम– नगरपालिका ९ स्थिचत सडक दुर्घटनामा परी एक जनाले ज्यान गुमाएको छ । को.१८ प ६९७ नम्बरको मोटरसाइकललाई ना.३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिंदा बुधबार दिउँसो मोटरसाइकलमा सवार २८ वर्षीया सन्जु आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा परी घाइते भएका सोहि मोटरसाइकलमा सवार चालक उमेस साह र मृतकको २ वर्षीय छोरालाई भने उपचारको लागि बिर्तामोड अस्पताल झापा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, भक्तपुरको लोकन्थली मनहरा सडकखण्डको अर्काे सडक दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका ५० वर्षीय पुरुषलाई अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

मृतकको हालसम्म परिचय भने खुल्न सकेको छैन । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।