काठमाडौँ – प्रतिनिधिसभा विघटनको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि संवैधानिक सुनुवाई जारी छ । आज प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गर्दै अधिवक्ता गोपाल कृष्ण घिमिरेले प्रतिनिधिसभा विघटनको निर्णय खारेजीको माग गरे ।


ADVERTISEMENT


बसहका क्रममा उनले संविधानसभाले बनाएको संविधानलाई अन्जुपन्तको गीतसँग तुलना गरे । अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ जस्तै संविधानसभाले बनाएको संविधान न त बिर्सिन सकिँने, न त पाएजस्तो महसुस हुने बताए ।


ADVERTISEMENT

# # #


“दुई दुईवटा संविधानसभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएकोजस्तो भयो, यो विघटनले,’’ उनले भने, ‘‘अञ्जु पन्तको गीत न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई जस्तो भयो ।”