काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले देश समृद्धिको गतिमा अघि बढिरहेको बताएका छन् । विकास र समृद्धिका लागि लाग्न समेत सबै नागरिकहरुलाई उनको आह्वान छ ।


ADVERTISEMENT


राजधानीको एक कार्यक्रममा बोल्दै देशको अग्रगमन र विकासको नेतृत्व एमालेले लिने समेत खनालको भनाई छ ।


ADVERTISEMENT

# # #


स्थानीय तहको चुनावमा जनताले दिएको बिश्वासलाई आत्मसाथ गर्दै विकास र समृद्धिको नेतृत्व समेत एमालेले नै गर्ने उनको भनाई छ ।

प्रदेश र संसदको निर्वाचनमा कस्तो ब्यक्ति र कुन पार्टीलाई मत दिईएको छ भन्नेबाट देशको दूरगामी भबिष्यको बिषय जोडिने भएकाले समेत निर्वाचनमा एमालेलाई पहिलो बनाउन आग्रह छ ।

निर्वाचन गर्दै, संविधानको कार्यान्वयनबाट जनताको सामाजिक, आर्थिक रुपान्तरणमा एमालेले प्रण गरेरै जिम्मेवार र कार्यान्वयनमा नेतृत्व गरिरहेको खनालको भनाई छ ।