• सुजाता कोईराला, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य

दशैँ, तिहार, छठको सबैलाई मेरो शुभकामना छ । स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौं । अब प्रदेश र संसदको समेत निर्वाचन सम्पन्न गरेपछि नयाँ नेपालको निर्माणले संस्थागत गति लिन्छ ।


ADVERTISEMENT


संक्रमणकालको अन्त्य र संविधानको पूर्ण कार्यान्वयनसंगै अब विकशित नेपाल हुनुपर्छ । सबैजना एकजुट भईकन देश बनाउने तिर लाग्नुपर्छ । युवाहरुको भबिष्यलाई उज्वल बनाउन सबै दलहरु मिलेर अघि बढ्नुपर्छ ।


ADVERTISEMENT

# # #


दल र नेताहरुलाई यी चाडहरुबाट शक्ति प्राप्त होस् की बेमेलबाट होईन, आपसी मतभेदहरुलाई अन्त्य गरेर देश निर्माण तर्फ लाग्नुपर्छ ।

गिरिजाबाबुले चाहेको सहमती, सहकार्य, एकतालाई निरन्तरता दिनुपर्छ । देश बनाउने हो भने एकता नै अपरिहार्य तत्व हो । मेलमिलाप र सहकार्यबाट अघि बढेको राजनीतिक संस्कारको दिशानिर्देशबाट नै मूलुकको समृद्धि सपना पुरा हुन्छ ।