काठमाडौँ – प्रधनमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहको सिंङ फुक्लिसकेकाहरुले देशमा अशान्ति मच्चउँछौँ भनेर धाक नलगाउन चेतावनी दिएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटनविरुद्ध मांशाहारी आन्दोलन गर्ने अभिव्यक्ति दिएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्ड समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले उनीहरुसँग अशान्ति फैलाउने दम नभएको जिकिर गरे ।


ADVERTISEMENT

# # #


प्रचण्ड समूहलाई तिल्के गोरुको संज्ञा दिँदै उनले अब सिंह फुक्लिसकेकाले धेरै फाइँफुँई नगर्न चेतावनी दिए । उनले कथा सुनाउँदै भने, ‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अरु देख्नै नहुने झम्टिहाल्ने । सिगौरी खेल्ने, भईं खोस्रिने, हुक्काँ गर्ने । त्यसको फाँ–फूँ देखेर अरु डराउँथे । एकदिन अलि नटेर्ने खालको बहर परेछ । घड्याप्प जुधेको, बुढो गोरु तिल्केको सिंङ भाँचिदियो । तिल्केलाई सिंङ भाँच्चिएकोमा बेस्सरी रिस त उठ्यो होला । तर, जुध्न सकेन । यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँ–फू गर्दै गर्छन्, फुक्लिएको सिंङ लिएर हिंड्दै गर्छन् । अब धाक नलाए हुन्छ, यिनीहरुसँग अशान्ति मच्चाउने क्षमता पनि छैन दम पनि छैन ।’

नेपाली जनता समेत भइसकेकाले अब धाकधक्कु नलगाउन र तिघ्रा नठटाउन सुझाव दिए । उनले संविधान बमोजिम नै प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे ।

यस्तै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नटुक्रिएको दाबी गरेका छन् । कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न चाहनेहरुले विभाजन गर्न चाहे पनि पार्टी एजुट रहेको र रहनुपर्ने बताएका हुन् ।

‘पिलो निचोरिँदैमा शरीको वजन घट्दैन’को प्रसंगलाई दोहोर्याउँदै उनले दुईचारजना देशलाई माया नगर्ने, देशको भविष्यलाई माया नगर्ने, आत्मकेन्द्रित, आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार रहनेहरुका पार्टी छाडे भन्दैमा आन्दोलन कमजोर नहुने जिकिर गरे ।