काठमाडौँ – कोरोनालाई पूँजीवादको षड्यन्त्र र व्यापार भन्दै आएका अभियन्ता जागृत रायमाझीले कोरोनाविरुद्धको खोप लगाउन आवश्यक नभएको बताएका छन् । फेरि भ्याक्सिनको धन्दाले सामान्य जनजीवनमाथि अर्को अपराध शुरु भएको उनी बताउँछन् । ९९ प्रतिशत बिरामी बिना औषधि निको हुने र बाँकी असर गर्ने पनि अनय कठिन रोग लागेकालाई मत्र गर्ने भएकाले भ्याक्सिन लगाउन जरुरी नभएको उनले बताएका हुन् ।


ADVERTISEMENT


रायमाझीका किन जरुरी छैन कोरोनाविरुद्धको भ्याक्सिन ?

१) जुन रोगको ९९ प्रतिशत बिरामी बिना औषधी निको हुन्छन्, बाँकी बिरामीलाई पनि मूलत: अर्को जटिल रोगले कठिन बनाएको छ । त्यसको लागि भ्याक्सिन जरुरी छैन ।
२) भ्याक्सिनले क्यान्सर, प्यारालाइसिस, नपुंशकता, सन्तानहीनता जस्ता साइड इफेक्ट देखाउँदैन भन्ने कुनै ग्यारेन्टी छैन ।
३) भ्याक्सिनमा के के पदार्थ प्रयोग भएको छ भन्ने कुरा बाहिर ल्याइएको छैन ।
४) भ्याक्सिनमा एम.आर.एन.ए. प्रयोग गरिदैन भनिएको छैन । जबकी एमआरएनएले मानिसको डिएनए समेत परिवर्तन हुनसक्छ भन्ने कुरा बिशेषज्ञहरु नै उठाउछन् !
५) के स्वयं स्वास्थ्य विशेषज्ञहरु नै यो भ्याक्सिन ढुक्कसंग लगाउन सक्छन् ?
६) भ्याक्सिन सुरक्षित छ भने भबितब्य परे जिम्मा किन नागरिक स्वयंको हुने?
७) भ्याक्सिन लगाएपछि पनि पिसिआर गर्दा पोजिटिभ आउँदैन भन्ने छैन । धेरैको आइ नै राखेको छ।
८) मुफतमा आएको भनिएको भ्याक्सिन लगाउँदा त करोडौं सकिन्छ ! अरु किन्दा अरबौं रकम सकिने हुन्छ! फगत व्यापारको लागि किन यो हर्कत ?
९) जनतालाई स्वास्थ्य आतंक छरेर गिनिपिग बनाउने योजनाको पराकाष्ठा हो भ्याक्सिन धन्दा !
१०) लकडाउन खुलेपछिको पछिल्लो ४ महिनायता हरेक दिन १०औं हजारको जुलुस र सभा भैरहेको छ। जनजीवन सामान्य भैरहेको छ।कोरोना आतंक छरपस्ट भैसकेको छ।