काठमाडौँ – सरकारले बुधवार बिहाना १० बजेदेखि देशभर एकैसाथ कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहाना १० बजेदेखि ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्रमार्फत खोप अभियान शुरु गर्न लागिएको जानकारी दिए ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारदेखि खोप अभियान शुरु गर्न मन्त्रालयलाई निर्देशन दिएका थिए । सोहीअनुसार मन्त्रालयले आइतवार सबै प्रदेशमा खोप पठाइसकेको छ ।


ADVERTISEMENT

# # #


ारतको सीरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप पहिलो चरणअन्तर्गत लगाउन शुरु गर्न लागिएको हो । भारतले गत बिहीवार सहयोगस्वरुप १० लाख डोज खोप प्रदान गरेको थियो ।

आइतवार सबै प्रदेशका क्षेत्रिय मेडिकल स्टोरमा खोप पठाइएकोमा मंगलवारसम्म प्रदेशले सबै जिल्लामा खोप पठाउने तयारी गरेका छन् । मन्त्रालयकाअनुसार पहिलो चरणमा देशभर ४ लाख ३० हजार जनालाई खोप लगाउन लागिएको छ । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीलाई लगाउने तयारी तयारी गरेको छ । पहिलो चरणको खोप अभियान १० दिनसम्म स्वास्थ्यमन्त्री त्रिपाठीले बताए । उनकाअनुसार पहिलो चरणको अभियान सकिएको एक महीनापछि मात्र दोस्रो चरणको खोप लगाउन शुरु गरिनेछ ।

खोप आफ्नो स्वेच्छाले लगाउन सकिने तर कसैलाई बाध्य नपारिने मन्त्रालयले जानकारी मन्त्रालयले दिएको छ ।