काठमाडौँ – नेपाल टेलिकमले काठमाडौँ मधेश द्रूतमार्गमा अप्टिकल फाइबर बिछाउने भएको छ ।


ADVERTISEMENT


टेलिकमले नेपाली सेनासँग मिलेर दू्रतमार्गमा अप्टिकल फाइबर बिछ्याउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अघि बढाएको छ ।


ADVERTISEMENT

# # #


सूचना प्रविधिलाई अहिलेको भन्दा सर्वसुलभ बनाउन तथा केन्द्रिय राजधानी काठमाडौँलाई तराईँ लगायत अन्तरराष्ट्रिय सूचना महामार्गसँग जोड्न अप्टिकल फाइबरको काम अघि बढाइएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

अप्टिकल फाइबर बिछाउन टेलिकम र नेपाली सेनाबीच गत पुस दोस्रो साता समझदारी भएको थियो । सेनासँग भएको समझदारी (एमओयू)अनुसार टेलिकमले प्टिकल फाइबरसँग सम्बन्धित ‘एसिफिकेसन सेनालाई पठाइसकेको टेलिकमले जनाएको छ । जसअनुसार सेनाले नै फाइबर बिछ्याउने काम गर्ने टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले बताए ।