काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले बिना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’ को सुरुवात गरेको छ ।


ADVERTISEMENT


आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै गरिमाले हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहने जनाएको छ । बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


सो अवसरमार बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने बताए ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।