पाल्पा– सिकार खेल्ने क्रममा रिब्दिकोट गाउँपालिका–८ दानसिङ डाँडाको चिलाउनेपानी सामुदायिक वनमा एक जनाको मृत्यु भएको छ । सिकारकै क्रममा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको हो ।


ADVERTISEMENT


रिब्दीकोट–८ बस्ने मृतक छहारी सहित बिहीबार राति अन्य चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृतक छहारीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । रासस