काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई गरिरहेको संवैधानिक इजलासले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।


ADVERTISEMENT


रिट निवेदकका तर्फबाट अधिवक्ताद्वय ओमप्रकाश अर्याल र टीकाराम भट्टराई राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । अधिवक्ता अर्यालले राष्ट्रपतिद्वारा अनाधीकृत शक्तिको प्रयोग भएको भन्दै सच्याउन मागसमेत गरे । राष्ट्रपतिले सूचना फिर्ता लिनुपर्ने अर्यालको भनाई थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।