हुम्ला– गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने थालेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका लोकल कुखुरामा रोग फैलिएको बताइएको छ ।


ADVERTISEMENT


कुखुरामा कुन रोग लागेको हो? भन्ने पहिचान हुन सकेको छैन । यद्यपि मृत ती कुखुरा भने स्थानीयवासीले दैनिकजसो पकाएर खाने गरेका छन् । तर, यसरी अज्ञात रोगका कारण मरेको कुनै पनि पशुपक्षींको मासु क्षेत्रीय प्रयोगशालामा पठाई परीक्षण गरेपछि खाने योग्य भएमात्र खानुपर्ने पशुसेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताउँछन्। अन्यथा, त्यस्ता मासुले व्यक्तिको स्वास्थ्यमा समेत हानी पु¥याउँने सम्भावना उच्च रहने उनले बताए ।


ADVERTISEMENT

# # #


जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग नलागेको स्थानीयवासी लामा रावलले बताए। बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने उनको अनुमान छ । बाहिरबाट ल्याएका कुखुरा जोडीको रु साढे पाँच हजारका दरले गाउँलेले किनेपछि यहाँका लोकल कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीयवासी रावलको भनाइ छ ।

कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको पाइएको छ । गाउँमा सयौँ कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालयले यसतर्फ गम्भीर हुन सकेको छैन ।

थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशुसेवा प्रमुख नरेन्द्र शाहीले बताए । रासस