• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




अझै पाएनन् उखु किसानले बाँकी रकम

Jan 21, 2021 |

अझै पाएनन् उखु किसानले बाँकी रकम

582
SHARES
ShareTweet

सर्लाही–उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् ।


ADVERTISEMENT


किसानले आफ्नो भुक्तानी पाउनुपर्ने माग राख्दै काठमाडौँ आएर माइतीघर मण्डला अगाडि आन्दोलन गरेका थिए । सो आन्दोलनपछि सरकारल र किसानसबीच २१ दिनभित्रमा बक्यौता रकम भुक्तानी दिलाइदिने गरी सम्झौता भएको थियो । यद्यपि किसानले अहिलेसम्म पनि पूरै भुक्तानी भने पाउन सकेका छैनन् ।


ADVERTISEMENT

# # #


जिल्लामा सञ्चालित तीन चिनी मिलमध्ये दुईले गत वर्षसम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब रु १७ करोडमध्ये झण्डै साढे ११ करोड रकम किसानको खातामा हालिसकेको बताइएको छ । उद्योगीको खातामा करिब रु दुई करोड रहेको भए पनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैंकमार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । किसानलाई भुक्तानी गरिएको र बैंकमा जम्मा रहेको रकम दुवैलाई हेर्दा किसानले अझै पनि पूरा रकम पाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

उद्योगीले उखु खरिद गरेवापत किसानलाई अझै पनि करिब रु तीन करोड ५३ लाख तिर्न बाँकी रहेको देखिएको छ । यसरी सरकारले किसानलाई प्रत्येक पटक आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिएता पनि सम्झौता अनुसार आफूहरुले भुक्तानी नपाएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताए । सरकार र उखु उत्पादक किसानबीच पटक–पटक सम्झौता हुने तर सो सम्झौता कार्यान्वयन नहुने हुँदा किसानमा निराशा छाउनुका साथै सरकारप्रतिको विश्वसनीयता कम हुदै गएको नेपाल उखु उत्पादक महासङ्घ सर्लाहीका अध्यक्ष मैनालीले बताए ।

उखु बिक्री वापतको भुक्तानी दिलाइदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाडौँको माइतीघरमा गएर जाडो गर्मी केही नभनी आन्दोलनमा उत्रिने गरेका छन् । किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनुभन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने अध्यक्ष मैनालीको भनाइ छ । त्यसैगरी स्थानीय प्रहरी प्रशासनको प्रयासमा धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले करिब रु आठ करोड रकम किसानको खातामा हालिसकेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

हरिवन नगरपालिका–११ को इन्दुशङ्कर चिनी उद्योगले भने चालु सिजनमै खरिद गरेको उखुको भुक्तानी दुई चरण गरी करिब रु २० करोड भुक्तानी गरिसकेको उद्योगका जानकारी उखु प्रबन्धक योगनारायण रजकले दिए । करिब सात लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भुक्तानीलाई पनि निरन्तरता दिएको छ । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousप्रतितोला ६ सयले बढ्यो सुनको मूल्य
Nextअज्ञात रोगका कारण मर्न थाले कुखुरा

ताजा खबर

  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड
  • प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved