सुदूरपश्चिमाञ्चल– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउदै कक्षा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यसअघि अनलाईनका माध्यमबाट कक्षा सञ्चालन गर्दै आएकोमा आजदेखि भने शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षाको थालनी गरिएको हो ।

विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र सङ्काय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताए । उनका अनुसार स्नातक छैटौं र आठौँ सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौँ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।

बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् । रासस

प्रतिकृया

प्रतिकृया