माघ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसिको पल्सर मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महाशाखाबाट खटिएको प्रहरीको टोलीले आइतबार गौशाला क्षेत्रबाट सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका वडा नं. ९ घर भई साँखु बस्ने वर्ष २५ को रुद्र बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


श्रेष्ठलाई वास्तविक नम्वर प्लेट परिवर्तन गरी बा९९प ४११४ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए । उक्त मोटरसाईकल सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने बर्ष २६ को बिक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुलेको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नं ४ बस्ने सुमन सुवालको वास्तविक नम्बर बा९४प ९३३८ भएको रातो कालो रङ्गको २२० सिसिको पल्सर मोटरसाईकल भक्तपुर सुर्यबिनायकबाट हराएको भन्दै महाशाखामा निवेदन दिएका थिए ।

हराएको निवेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गर्रिएको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

महाशाखाले गत साउनदेखि चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ । यस्तै चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।