काठमाडौँ – ‘प्रारम्भः स्टार्टअप इन्डिया इन्टरनेशनल समिट’मा नेपालबाट एफ वान सफ्टका संस्थापक सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै नेपाली उद्यमी विश्वास ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटै प्लेटफर्ममा मञ्च शेयर गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी प्रमुख अतिथि भएको समिटमा ढकालले भिडियो कन्फरेन्समार्फत नेपाली स्टार्टअप व्यवसायको विषयमा विचार राखेका थिए ।


ADVERTISEMENT


भारतीय वाणिज्य मन्त्रालयको विभाग ‘डिपार्टमेन्ट फर प्रमोशन अफ इन्डष्ट्री एन्ड इन्टरनल ट्रेडका तर्फबाट भएको आयोजनामा भएकोक कार्यक्रममा बिमस्टेकमा आवद्ध रहेका देशहरुका प्रतिनिधिहरु आमन्त्रित थिए । कार्यक्रममा नेपालसहित बंगलादेश,भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका प्रतिनिधिहरु आमन्त्रित थिए ।


ADVERTISEMENT

# # #


नेपालबाट सहभागीता जनाएका एफ वान सफ्टका संस्थापक ढकालले भारतीय प्रधानमन्त्रीसँग एउटै प्लेटफर्ममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए ।
२२ वर्षको उमेरदेखि सूचना प्रविधि क्षेत्रलाई आधार बनाएर काम थालेको बताउँदै ढकालले आफूहरुले नेपालका ५० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको बताएका थिए ।

कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले विश्वको सबैभन्दा ठूलो स्टार्टअप इको सिस्टममा एक भएको उल्लेख गर्दै नेपाली उद्यमी ढकालसहित सबै देशका प्रतिनिधिको अनुभव सुनेका थिए ।

कार्यक्रमसँगै भारतले स्टार्टअपमा भएको पाँच वर्षको उपलब्धिलाई समेटेर एक पुस्तक समेत प्रकाशित गरेको छ । यससँगै मोदीले स्टार्टअपको विकासका लागि एक हजार करोड भारु कोषको पनि घोषणा गरेका छन् । यस योजनाअन्तर्गत युवापुस्ताका नवीनतम आइडियालाई समेटिने उनले बताए ।