काठमाडौँ – आजदेखि सुरु भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागी टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मीले निर्धारिसत ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो । कप्तान विनाद भण्डारीले आक्रामक शतक प्रहार गरेपछि आर्मीले विशाल योगफल तयार पारेको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको पहिलो शतक प्रहार गरेका विनोदले ७६ बलमा ९ चौका र ५ छक्काको मदतमा नटआउट १११ रन बनाए । यस्तै राजु रिजाल ७१ कलमा ४ चौका र १ छक्कासहित ४५ रन, लोकेश बम ३० बलमा ३ चौका र २ छक्काको मदतमा ४२ रनमा आउट हुँदा राजेश पुलामी मगरले ३८ रन बनाए भने भीम सार्की १५, हरिकृष्ण झा १४ र रोहित कुमार पौडेलले १० रन बनाएर पेवेलियन फर्किए ।

गण्डकी प्रदेशका लागि कप्तान विपीन खत्री र विशाल पौडेलले समान २–२ विकेट लिए भने चन्द्र पौडेल र दीपेश खत्रीका नाममा समान १–१ विकेट रह्यो ।

गण्डकी प्रदेशले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ ।