काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल क्रिकेट संक (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


प्रतियोगिताको उद्घाटन शुक्रबार (भोलि) बिहान युवा तथा खेलकुद मन्त्री दावा तामाङले गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् । उनका अनुसार उद्घाटन खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टोली गरी १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि दुई समहू विभाजन गरिएको छ । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल क्लब, गण्डकी प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश रहेका छन् । यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेश रहेका छन् ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लिग चरणका ११ खेलहरु र मुलपानी क्रिकेट मैदानमा लिग चरणका ९ खेलहरु हुनेछन् । माघ १४ र १५ गते प्रतियोगिताका सेमिफाइनलका खेलहरु र माघ १७ गते फाइनल खेल भने त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

प्रतियोगिताका सबै खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यस्तो छ खेल तालिका: