काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता पक्राउ परेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार एक विज्ञप्ती जारी गर्दै ५ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


ADVERTISEMENT


प्रहरीले बुधबार ललितपुर र मकवानपुरको सीमाबाट विप्लव नेता धर्मेन्द्र बाँस्तोला, विवेक र विशाललगायतका नेतालाई पक्राउ गरेको थियो । विप्लवले त्यसलाई निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति को संज्ञा दिएका छन् । उनले पक्राउ परेको नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

यस्ता छन् विप्लव समूहद्वारा सार्वजनिक गिरफ्तारीविरुद्ध सङ्घर्षका कार्यक्रमहरू :

२०७७ माघ ३ गते : देशव्यापी विरोध जुलुस
२०७७ माघ ५ गते : देशव्यापी विरोध सभा
२०७७ माघ ७ गते : देशव्यापी विरोध प्रदर्शन
२०७७ माघ ९ गते : देशव्यापी मशाल जुलुस
२०७७ माघ १० गते : नेपाल बन्द