रौतहट– प्रदेश नं २ कै पहिलो महिला प्रमुखका रुपमा रौतहटको मौलापुुर नगरपालिकामा रिनाकुुमारी साह निर्वाचित भएकी छन् ।


ADVERTISEMENT


नेकपा (माओवादी केन्द्र)को टिकटबाट रिनाकुुमारी निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् ।


ADVERTISEMENT

# # #


उनीसँगै माओवादी केन्द्रका उम्मेदवार गौरी शंकर जयसवाल मौलापुुर नगरपालिकाको उप प्रमुखमा निर्वाचित भएका छन् । प्रमुख साहले कूल तीन हजार, ९१२ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका प्रमुखका उम्मेदवार धीरज भन्ने रवीन्द्र पटेलले दुुई हजार २०८ मत प्राप्त गरेका छन् ।

यसअघि परोहा नगरपालिकाबाट नेपाली काँग्रेसका शेख वकिल प्रमुख र सुुगन्धी देवी गिरी उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखले कुुल छ हजार ३३० मत र उपप्रमुख गिरीले छ हजार ९० मत प्राप्त गरेका छन्। शेखका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अरुण जयसवालले चार हजार मत प्राप्त गरेका छन् ।

त्यसैगरी ईशनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकका सन्तोष मेहता प्रमुखमा र हुुसेनी आरा खातुुन उपप्रमुखमा निर्वाचित भएक छन् । प्रमुख मेहताले पाँच हजार ७८५ र उपप्रमुख खातुुनले पाँच हजार २३६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिए ।

जिल्लाभरिका १६ नगरपालिका र दुुई गाउँपालिका गरी कूल १८ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । देशमै चासोको केन्द्र रहेको चन्द्रपुुर नगरपालिकामा नेपाली काँग्रेस अग्रस्थानमा, एमाले दोस्रो स्थानमा, माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी गौर नगरपालिकामा राजपा अग्रस्थानमा, एमाले दोस्रो स्थानमा र फोरम तेस्रो स्थानमा रहेका छन् । एघार स्थानीय तहमध्ये चार स्थानमा नेपाली काँग्रेस, चार स्थानमा मधेशवादी र तीन स्थानमा माओवादी केन्द्रको अग्रता रहेको छ ।