राजविराज– डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजयी भएको छ ।


ADVERTISEMENT


राजपाका शिवनारयाण साह तीन हजार ८८० मत ल्याएर प्रमुखमा विजयीभएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण यादवले तीन हजार ५३९ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै उपप्रमुखमा राजपाकै इन्द्रनारायण यादव तीन हजार ८५६ मत ल्याएर विजयी भएको तथा प्रतिद्वन्द्वी काँग्रेसका राजकुमारी पण्डितले तीन हजार ५६९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।