काठमाडौँ –  भारतले शनिवारदेखि ३० करोड नागरिकलाई खोप लगाउने तयारी गरिरहेको बेला नेपालमा खोप कहिले आउला भन्ने बहस शुरु भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र एक कार्यक्रममा कोरोनाविरुद्धको खोप ल्याउने तयारी अघि बढिसकेको बताएका थिए । उनले सबै नागरिकलाई निःशुल्क खोप वितरण गर्ने गरी ल्याइने आश्वासन दिएका थिए ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयले भारतसँग नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पनि खरीद गर्न सहयोग मागेको छ । आगामी माघ पहिलो साता नेपाल भारत–संयुक्त आयोगको वैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली दिल्ली जाँदैछन् । उक्त भ्रमणमा खोप आयातको विषयमा केही विशेष निर्णय हुन सक्ने विश्वास गरिएको छ ।

यसअघि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि भारतसँग खोप खरीदका लागि छलफल गरेकोमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा खोपको विषयमा केही निश्कर्षमा पुग्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । द हिन्दूस्तान टाइम्समा हालै प्रकाशित एक समाचारले भारतमा उत्पादित खोप नेपालमा निर्यात गर्नेबारे छलफल हुने बताएको छ । यसअघि पनि भारतले खोप उपलब्ध गराउने एक चरणको सामान्य सहमति भइसकेकोमा भारतीय खोप प्राथमिकतामा राखिएको कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक डा. उप्रेतिले बताएका छन् ।

हाल विश्वमा चीनले बनाएको सानाफार्म, अमेरिकामा निर्माण भएको फाइजर र मोर्डेना तथा भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाले सिरम इन्स्टिच्युटसँग मिलेर बनाएको कोभिडसिल्ड लगायतका खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । यद्यपि, सरकारले भने भारतीय खोपलाई नै पहिलो प्राथमिकतामा राखेको छ ।

यस लगायत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), ‘गाभी’ र ‘सेपी’ नामक तीन संगठनले ‘कोभ्याक्स सुविधा’अन्तर्गत पहिलो चरणमा ३ र दोस्रो चरणमा १७ प्रतिशत जनतालाई पुग्नेगरी नेपाललाई निःशृुल्क खोप दिने निर्णय गरेको छ । सरकार उक्त खोप आउने पनि अपेक्षा गरिरहेको छ । यद्यपि, डब्लूएचओले २०२१ को अगस्टसम्ममा मात्र ‘कोभ्याक्स सुविधा’मा विभिन्न देशमा खोप पठाउन सकिने बताइसकेको छ ।

गत साता मात्र भारतमा खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोग प्रमुखसँग राजदूत आचार्यले छलफल गरेकोमा भारत खोप पठाउन सकारात्म देखिएको उप्रेतिको भनाइ छ ।