झापा – झापास्थित दमकमा रहेको भुटानी शरणार्थी शिविरमा लागेको आगोमा परी एक भुटानी शरणार्थीको मृत्यु भएको छ । शिविरको छाप्रा नम्बर ३२५ मा बस्ने देशमान राईको आगलागीमा परी मृत्यु भएको हो ।


ADVERTISEMENT


प्यारालासिसको बिरामी रहेका राई घरभित्रै सुतिरेहेको बेला घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले जनाएका छन् ।उक्त आगलागीमा १ तोला सुन, १० तोला चाँदीसहित १२ लाख बढीको धनमाल जलेर नष्ट भएको उनले बताए ।


ADVERTISEMENT

# # #


प्रहरीले दमक नगरपालिकाको सहयोगमा राति ८ बजे आगो नियन्त्रणमा लिएकोमा आगलागीको कारणबारे अनुन्धान भइरहेको जानकारी उनले दिए ।