काठमाडौँ – विश्व हिन्दी भाषा दिवसको अवसरमा काठमाडौँमा हिन्दी भाषा प्रचार कार्यक्रम आयोजना गरिएको छ ।


ADVERTISEMENT


त्रिभूवन विश्वविद्यालयको हिन्दी केन्द्रिय विभागको सहकार्यमा भारतीय राजदूताबास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा हिन्दी भाषामा लेखिएको कविता प्रतियोगिता समेत गरिएको थियो । विभागकी प्रमुख डा. सञ्जिता वर्माले उक्त कार्यक्रममा भारतीय पूर्व प्रधानमन्त्री एवं कवि अटल बिहारी बाजपेयीको कविता वाचन गरेकी थिइन् । सोही अवसरमा विभागले ‘साहित्य लोक’ किताब समेत सार्वजनिक गरेको छ ।