काठमाडौँ – गरिमा विकास बैंकले ‘सुनौलो भविष्य बाल निक्षेप योजना’ सार्वजनिक गरेको छ । बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागि यो योजना अत्यन्त प्रभावकारी रहेको बैंकले जनाएको छ ।


ADVERTISEMENT


योजना अन्तर्गत न्युनतम ५ सय रुपैयाँमा खाता खोलेर निक्षेप योजना भरी मुद्धतीको ब्याज पाउन सकिनेछ । समय समयमा थप बचत थप्दै जान पनि सकिने व्यवस्था बैंकले गरेको छ । भर्खर जन्मेका शिशुदेखि अधिकतम १५ वर्षसम्मका बालबालिकाले यो योजना अन्तर्गत खाता खोल्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


आवश्यक परेको खण्डमा बचतको ९० प्रतिशतसम्म कर्जा सुविधा लिन पनि सकिने बैंकले जनाएको छ । यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट खोल्न सकिनेछ ।

उदाहरणका लागि महिनाको १० हजार रुपैयाँ जम्मा गर्ने ग्राहकले योजना अन्तर्गत १८ वर्षको लागि खाता खोलेर औषत ९ प्रतिशत पाउने योजना अबधि पश्चात् एकमुष्ठ करिब ५० लाख पाउन सक्नेछन् ।