काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सत्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल्न सरकारलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


संसद विघटनबारे चार पूर्वप्रधानन्यायाशीको संसद विघटन असंवैधानिक रहेको संयुक्त निष्कर्षलाई प्रधानमन्त्री केपी शर्माओलीले न्यायालयमाथिको हस्तक्षेप भनिरहँदा नेता भट्टराईको चेतावनीपूर्ण अभिव्यक्ति आएको हो । स्वच्छ र नैतिकवान् श्रीमानहरुले संबिधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनु पर्ने हो ? भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT

# # #


ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने न्यायाधीशहरु पनि पनि अहिलेकै पूर्वप्रधानन्यायाधीस रहेको भन्दै उनले संसद विघटनबारेको अभिव्यक्तिलाई साहसका रुपमा अर्थ्याएका छन् ।

उनले भनेका छन्, ‘लामो समय सर्र्वोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बल सहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनु पर्ने हो ? शत्ता र शक्तिका बलमा नैतिकता माथि धावा नबोल । ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन । सलाम श्रीमानहरु तपाईंहरुको साहस र इमानको ईतिहासले सम्मान गर्नेछ ।’

लामो समय सर्बोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बल सहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका…

Posted by Yogesh Bhattarai on Sunday, January 10, 2021