काठमाडौँ – औधोगिक तथा लगानी प्रवद्र्धन वोर्डको सदस्यमा उद्योगी पवन गोल्यान नियुक्त भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीद्धारा गोल्यानलाई वोर्ड सदस्यमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT


वोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयहरुका सचिवहरु साथै केही निजी क्षेत्रका संगठनहरुका अध्यक्षहरु सदस्य रहने प्रावधान छ । विज्ञ उद्योगीहरु मध्येबाट एक महिलासमेत गरी दुई जना नियुक्त गर्न सकिने व्यवस्था रहेकोमा विज्ञ उद्योगीको रुपमा गोल्यानलाई नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


वोर्डको अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था रहेको छ ।