काठमाडौँ – काठमाडौँको वायु प्रदूषणमा विश्वकै एक नम्बरमा पुगेको छ । सोमवार स्वीजरल्याण्डमा रहेको एक्युएअरकाअनुसार सोमवार ७ः४५ मा काठमाडौँको प्रदूषण मापन गर्ने एकाई एक्युआई ४८७ पुगेको थियो । जुन पहिलो मात्र नभएर दोस्रो तेस्रोभन्दा करीब दोब्बर बढी हो । उक्त समयमा दोस्रो स्थानमा रहेको कार्गिस्तानको भिश्केकको प्रदूषण २९६ एक्युआई मात्र रहेको थियो ।


ADVERTISEMENT


खतरा जनाउने सूचक पनि काठमाडौँको खैरो रंगमा पुगेको छ । रातो, वैजनी र खैरो रंगले प्रदूषण्को जोखिम मापन गरिने गरेकोमा खैरो सबैभन्दा खतरनाक हो ।


ADVERTISEMENT

# # #


सोमवार दिनभरी कुहिरो लागेको काठमाडौँमा साँझपख हिँड्दा आँखा पोल्ने लगायतका स्वास्थ्य समस्या देखिएको गुनासो स्थानीयले गरेका छन् ।

यसले स्वास्थ्य समस्या भएका तथा कोभिड बिरामीलाई अझ बढी जोखिम रहेको विज्ञले बताएका छन् ।

सरकारले अघिल्लो वर्ष माघ ३ माघमा पारित गरेको कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्युआई नाघेपछि स्वास्थ्य विपदकाल घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्युआई ४०० नाघेको देखाएपनि त्यो सरकारले मतलवै नगरेको विज्ञहरुले बताएका छन् ।