काठमाडौँ – राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको छ । कोरोना महामारीले प्रभावित राष्ट्रिसभाको बैठक सुरु भएको हो ।


ADVERTISEMENT


सरकारले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते शुक्रबार (आज) अपरान्ह ४ बजेका लागि रष्ट्रिय सभाको एकल अधिवेशन आह्वान गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सोही अनुसार बैठक सुरु भएको हो । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको पहिलो बैठकका कार्यसूची तय गरेको थियो ।

सोही अनुसार बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाएका थिए । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि उनले जानकारी गराएका छन् । बैठक शुरु भएका सन्दर्भमा विभिन्न दलका नेताबाट सम्बोधन शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन तथा गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।

लाइभ हेर्नुहोस् :