काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रयसभाका सदस्य दिनानाथ शर्माले पार्टी फुट्दा आफुले आफ्नो मुटु चिरिएको महसुस गरेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबारबाट मात्रै सुरु भएको राष्ट्रिसभाको हिउँदे अधिवेशनका क्रममा बोल्दै सदस्य शर्माले हिजो नेकपाको एकता हुँदा आफू सबैभन्दा बढी खुसी भए पनि


ADVERTISEMENT

# # #


‘आज पार्टी विभाजनको यो संघारमा आउँदाखेरि मैँले मेरो मुटु चिरिएको, मुटु फुटेको अनुभव गरेको छु ।’ उनले भने, ‘सायद यति ठूलो पीडा कुनै हुँदैथ्यो होला ।’

उनले नेकपा विभाजन कुनै सिद्धान्त, विचार वा दर्शनको आधारमा नभई राजनीतिक कारणले भएको बताए । उनले भने, ‘विगतमा हामी विचार र सिद्धान्तका कारण विभाजन भएका थियौँ । तर यो पटक पार्टी विभाजन राजनीतिक कारणले मात्रै विभाजन हुन गइरहेको छ । जुन निकै दुःखद हो ।’