काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको बाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।


ADVERTISEMENT

# # #


शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजय भएकी थिइन्।

शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले यसअघि नै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ ।