काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण झ्याप्प झ्याप्प बिजुली जान थालेको छ ।


ADVERTISEMENT


साढे दुई वर्ष अघि देशलाई लोडशेडिङमुक्त गरिएपनि शनिवार, आइतवार र सोमवार लोडशेडिङकै झल्को दिने गरी झ्याप्प झ्याप्प बिजुली गयो ।


ADVERTISEMENT

# # #


सोमवार र मंगलवार त हरेक पटक आधा घण्टादेखि १ घण्टासम्म गरेर दिनकै ७ औँ पटकसम्म बत्ती गयो ।

प्राधिकरणले प्रशारणलाइनमा आएका समस्याका कारण विद्युत् प्रशारणमा समस्या भएको दावी गरिरहेपनि प्राधिकरणकै एक कर्मचारी भने अहिलेको व्यवस्थापन टिमले विद्युत् प्रशारणको व्यवस्थापन नै गर्न नसकेको बताउँछन् ।

कमजोर व्यवस्थापनका कारण बिजुली प्रशारणमा असर परेको उनी बताउँछन् ।